यस जागरण बचत तथा ऋण सहकारी संस्थाको स्थापना, महिलाहरुको आर्थिक उन्नती भएमा मात्र बालबालिकाहरुलाई विद्यालय पु¥याउन सकिन्छ भनी वि.सं. २०५४ साल देखि प्लान नेपालको सहयोगमा उत्पिडित महिला समूहको नामबाट विभिन्न महिला समूहहरु गठन भई, वि.सं. २०५५ साल चैत्र २८ गतेका दिन विधिवत रुपमा तत्कालीन जिल्ला सहकारी कार्यालय मकवानपुरमा दर्ता भएको हो । समूहको प्रतिनीधिको रुपमा ६२ जना सदस्यहरुबाट एक शेयर र मासिक रुपमा ५ रुपैंया बचतबाट प्रारंभ यस सहकारी संस्थाका संस्थापक अध्यक्ष भगवती सापकोटा रहनु भएको थियो ।
स्थापना समयमा बहुउद्देश्यीय सहकारी संस्थाको रुपमा दर्ता भएको भएतापनि परियोजनाको मल विउ वितरण बाहेक सहकारीको आफ्नै व्यवसाय प्रवर्धन नभएको तत्कालिन सन्दर्भमा संस्थाको व्यवसाय निर्धाण तथा सेवा व्यवस्थित गर्नको लागि २०६२ साल फागुन महिनामा बचत तथा ऋण सहकारी संस्थाको रुपमा परिणत गरियो । बचत तथा ऋण सहकारीको रुपमा परिवर्तन हुनुपूर्व २३ वटा समूह रहेकोमा हाल सम्म ११६ वटा समूहहरु रहेका छन् । समूहमा रहेका सदस्यहरु स्वतः स्फूर्त रुपमा सामूहिक बचत गरी पालैपालो सहकारीमा ल्याउने प्रणाली रहेको थियो । हाल संस्थाकै कर्मचारी मार्फत समुहसमुहमा परिचालित भई बचत तथा ऋणको सेवा प्रवाह गर्दै आइरहेको छ ।