कल्पना श्रेष्ठ, अध्यक्ष

देशको स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा नागरिकहरुको पहलमा समुदायका लागि आवश्यक विविध विषयका उद्यमशीलताको विकासमा जागरण बचत तथा ऋण सहकारीहरुको योगदानलाई दिगो, भरपर्दो र परिणाममुखी बनाउन जागरण बचत तथा ऋण सहकारी संस्थाहरु तथा जिल्ला सहकारी संघहरुको केन्द्रिय संघ गठन गरी संचालन गर्न आवश्यक भएकोले ४ हजार ३ सय भन्दा बढी जागरण बचत तथा ऋण सहकारी संस्थाहरुको हकहित, संरक्षण, प्रबद्र्धन र सुदृढीकरण गर्ने मुख्य उद्देश्य लिई यस केन्द्रीय संघको स्थापना भएको छ ।

जागरण बचत तथा ऋण सहकारी संघ-संस्थाहरुको सबल व्यवस्थापन गरी सहकारी मार्फत उत्पादन प्रणालीलाई विशेष जोड दिने, ग्रामिण अर्थतन्त्रको सुदृढीकरण गरी समग्र नेपालको सहकारी आन्दोलनलाई अग्रणी दिशामा अगाडि बढाउने, सहकारी क्षेत्रमा देखिएको विभिन्न किसिमका समस्याहरुलाई उचित समयमा सम्बोधन गर्दै, विषयगत जिल्ला सहकारी संघहरु, जिल्ला सहकारी संघहरु, केन्द्रीय सहकारी संघहरु र राष्ट्रिय सहकारी संघको समेत पुर्नरसंरचना गरी सहकारी उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्नको लागि नेपाल सरकारसँग सम्बन्धित निकायहरुमा सुझाव दिने, लगायत संघको विनियममा लेखिएका कार्यहरुको अतिरिक्त हामीले मिति २०६९-११-२९ गते सम्पन्न यस संघको प्रारम्भिक साधारण सभा तथा मिति २०७०-०९-२९ गते सम्पन्न भएको प्रथम वार्षिक साधारण सभामा घोषणा गरेको अल्पकालिन र दिर्घकालिन कार्य योजनाहरुलाई समेत चरणबद्ध रुपमा लागु गर्दै जाने प्रतिबद्धता जाहेर गर्दछौं ।