सदस्यको ठोस उद्देश्य हासिल गर्नको लागि गरिने बचत धन सिर्जना गर्ने बचत हो । यो बचत जम्मा गरि सदस्य तथा सदस्य परिवारको शैक्षिक, सम्पति समान खरिद, घर निर्माण, गरगहना कर्म संस्कार आदी संचालन गर्न यस बचतले मद्दत पु¥याउनेछ । सदस्यले आफनो तथा पारिवारिक आबश्यकता पुरा गर्नका लागि पुर्बवत रुपमा योजना बनाई यस प्रकारको बचत जम्मा गर्नेछन । जसका कारणले अनुत्पादक क्षेत्रमा ऋण लिई परिवारमा पर्न जाने ऋणको भार कम गर्न मद्दत पु¥याउनेछ । ब्यबसायिक क्षेत्रमा मात्र ऋण लिने र उत्पादकत्व बृद्धि गर्नु पर्छ भन्ने सन्देश समेत यस बचतले दिनेछ ।