संस्थाको ऐतिहाँसिक पृष्ठभूमि
यस जागरण बचत तथा ऋण सहकारी संस्थाको स्थापना, महिलाहरुको आर्थिक उन्नती भएमा मात्र बालबालिकाहरुलाई विद्यालय पु¥याउन सकिन्छ भनी वि.सं. २०५४ साल देखि प्लान नेपालको सहयोगमा उत्पिडित महिला समूहको नामबाट विभिन्न महिला समूहहरु गठन भई, वि.सं. २०५५ साल चैत्र २८ गतेका दिन विधिवत रुपमा तत्कालीन जिल्ला सहकारी कार्यालय मकवानपुरमा दर्ता भएको हो । समूहको प्रतिनीधिको रुपमा ६२ जना सदस्यहरुबाट एक शेयर र मासिक रुपमा ५ रुपैंया बचतबाट प्रारंभ यस सहकारी संस्थाका संस्थापक अध्यक्ष भगवती सापकोटा रहनु भएको थियो ।
स्थापना समयमा बहुउद्देश्यीय सहकारी संस्थाको रुपमा दर्ता भएको भएतापनि परियोजनाको मल विउ वितरण बाहेक सहकारीको आफ्नै व्यवसाय प्रवर्धन नभएको तत्कालिन सन्दर्भमा संस्थाको व्यवसाय निर्धाण तथा सेवा व्यवस्थित गर्नको लागि २०६२ साल फागुन महिनामा बचत तथा ऋण सहकारी संस्थाको रुपमा परिणत गरियो । बचत तथा ऋण सहकारीको रुपमा परिवर्तन हुनुपूर्व २३ वटा समूह रहेकोमा हाल सम्म ११६ वटा समूहहरु रहेका छन् । समूहमा रहेका सदस्यहरु स्वतः स्फूर्त रुपमा सामूहिक बचत गरी पालैपालो सहकारीमा ल्याउने प्रणाली रहेको थियो । हाल संस्थाकै कर्मचारी मार्फत समुहसमुहमा परिचालित भई बचत तथा ऋणको सेवा प्रवाह गर्दै आइरहेको छ ।
परिकल्पना : Vision
“दिगो विकासमा टेवा, स्तरीय व्यवसायिक सदस्य सेवा”
ध्येय : Mission
नविनतम सीप र प्रविधीको प्रयोग गर्दै पूर्ण दक्ष जनशक्तिबाट निरन्तर लगनशिलताका साथ नीति विधीमा आधारित रही साकोसका सदस्यहरुको दिगो आर्थिक, सामाजिक, साँस्कृतिक र वातवरणिय पक्षको सुधार गर्ने ।
उद्देश्यहरुः (Objectives)
अल्पकालिन उद्देश्य :
- योजना अवधिमा संस्थालाई नेपालस्तरको प्रोबेसन ब्राण्ड उत्तीर्ण गराउने ।
- सदस्यको बचतको सुरक्षाको प्रत्याभुती गराउने गरी परिचालन गर्नका लागि आयमुलक क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रोत्साहन गर्नुका साथै सिप विकासमा ध्यान दिने ।
- दिगो सहकारी विकासका लागि संस्थाले पालन गर्नु पर्ने कानूनी तथा सदस्यको हित प्रर्वद्धनमा ध्यान दिने ।
दीर्घकालिन उद्देश्य :
- आजको परिवेशमा संचालन हुने संस्थाको उद्देश्य आफैँले गर्न सक्ने र स्वावलम्वी बनाउन अग्रसर गराउने उद्देश्यले यस संस्थाको सृजना गरिएको हुँदा पिछडिएका, अशिक्षित, दलित, शोषित, निमुखा, गरिब महिलावर्गको हकहितको लागि महिलाहरुको संगठित भई काम गर्नको लागि एउटा सशक्त माध्यमको रुपमा काम गर्नु नै यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
- स्थानिय श्रोत, साधन र सीपको उपयुक्त विकास एंव परिचालन गर्नको लागि सम्बन्धित संस्था तथा उपभोक्ताद्धारा सहभागितात्मक प्रक्रियाले कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गरी स्वावलम्वन विकास कार्यमा स्थानिय महिलाहरुकाो प्रत्यक्ष सहभागिता, दक्षता, आत्मविश्वास, दायित्व तथा योगदानमा वृद्धि गर्ने ।
- स्थानिय महिलाहरुको कानुनी, सामाजिक, आर्थिक हक र दायित्व बारे महिलाहरुमा जागृत ल्याई उनीहरुको क्षमता तथा सक्रिय सहभागिता बढाई विकासका कार्यहरुमा निर्णायक भुमिका खेल्न ।
- स्थानिय, जिल्ला, क्षेत्रिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने महिलाहरुको संस्था, समुदाय एवं व्यक्तिसंग मिलि संस्थागत विकास गर्नुका साथै आफ्नो लक्ष्य प्राप्तीका लागि श्रोत तथा शक्तिको सृजना गर्नु ।
- शिक्षा, स्वास्थ्य, वातावरण, चेतना र महिला ऐक्यवद्धताको लागि प्रभावकारी उपलब्धि प्राप्त गर्नका सक्षम भुमिका खेल्ने ।
- नेपाल सरकार, जिल्ला विकास समिती, गाउँपालिका तथा अन्य क्षेत्रबाट भईराखेको वा हुने विकास आयोजनामा महिलाहरुको सरोकारबारे सक्रिय भई कार्य गर्नेछ र यस प्रकारका कार्यहरुमा विभिन्न स्तरका महिलाहरुको सक्रिय एंव निर्णायक भुमिकाको प्रवद्र्धन गर्दै लैजाने ।
- सदस्यहरुलाई आय आर्जन गर्ने क्षमतामा वुद्धि गर्नको लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउनका साथै मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने ।
- उत्पादनशिल, आयमुलक, शिपमुलक, उद्देश्यका लागि सदस्यहरुलाई उचित व्याजदरमा ऋण प्रदान गर्ने ।
- महिलाहरुलाई संगठित गरी श्रोत र रोजगारीका अवसरहरुमा वृद्धि गर्ने ।
- महिलाहरुको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउने ।
- महिला सदस्यहरु तथा समुहलाई आवश्यक पर्ने सेवा तथा सुविधा उपलब्ध गराउने निकायहरुसंग सिधा सम्पर्क कायम गर्ने, गराउने ।
- सदस्यहरु तथा समुहले उत्पादन गरेको वस्तुहरुको लागि बजार व्यवस्था मिलाउने ।
मूल्य (VALUE)
- इमानदारीता :
संस्थाको कुनै पनि कृयाकलापहरुको भनाइ र गराइमा एकरुपता कायम गरिनेछ । निर्णय लिँदा व्यक्तिगत स्वार्थ तथा मोलाहिजा गरिनेछैन् । सदैव संस्थागत हितलाई ख्याल गरिनेछ ।
- पारदर्शिता :
संस्थाको वित्तिय तथा गैह््रवित्तिय कृयाकलापहरुको आर्थिक तथा प्रशासनिक लेखाजोखा स्पष्ट ढंगले राखिनेछ भने सदस्य वा सरोकारवालाहरुलाई कानुनी व्यवस्थाअनुसार जस्ताको त्यस्तै उपलब्ध गराइनेछ ।
- जिम्मेवारी र जवाफदेहीता :
आफुले पाएको जिम्मेवारी तोकिएको समयमा सहकारी ऐन नियम, संस्थागत नीति तथा साधारण सभा र संचालक समितिको निर्णय अनुरुप पदीय मर्यादालाई ख्याल गरी सम्पादन गरिनेछ । आफुले जिम्मेवारी लिएको कामको आफैंले जवाफ दिने अवस्थाको सृजना गरिनेछ ।
- ऐक्यबद्धता :
आफ्नो अनुपस्थितीमा पनि बहुमत सदस्यले गरेको निर्णयलाई सामूहिक निर्णयका रुपमा स्वीकार गरिनेछ । संस्थाको कुनै पनि काम समूहमा मिलेर गरिनेछ । निर्णय लिँदा सबैको विचार सुनिनेछ र निर्णयको साझा विन्दु अबलम्बन गरिनेछ । संस्थामा कुनै गुट उपगुटको संलग्नता र हस्तक्षेप स्वीकार गरिनेछैन ।
- सम्मानयुक्त संस्कृति :
एक आपसमा सम्मानजनक व्यवहार गरिनेछ । पदिय मर्यादा ख्याल गरिनेछ । आफुले सम्मान पाउन अरुको पनि इज्जत गर्न जान्नु पर्दछ भन्ने कुरामा सदैव ख्याल गरिनेछ । प्रतिष्पर्धीहरुलाई समेत सम्मानयुक्त व्यवहार कायम गरिनेछ ।
- गुणस्तरीय सेवा :
सदस्यहरुलाई सन्तुष्ट बनाउने गरी सेवा उपलब्ध गराउन सदैव तत्पर रहिनेछ । समय सापेक्ष परिवर्तन हुनु पर्ने कुराहरुलाई यथासमयमा परिवर्तन गर्दै लगिनेछ । कानुनी व्यवस्थाको पालना तथा वित्तिय बजारको आधारमा संस्थाको सेवाहरुको मूल्य निर्धारण समेत समय सापेक्ष परिवर्तन गर्दै लगिनेछ ।
- व्यवसायिकता :
सहकारी सिद्धान्त, मूल्य मान्यताका आधारमा संस्थालाई संचालन गर्नुका साथै संस्थाको सेवालाई मूल्यमा आधारित भई प्रवाह गरिनेछ । सम्पूर्ण कारोबार सदस्यहरुको बीच मात्र सिमित राखिनेछ । जुनसुकै कृयाकलापमा पनि प्रत्यक्ष वा परोक्ष रुपमा संस्थाको हित अनुकुल बनाईनेछ ।